site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यपालिका प्रेरित प्रवृत्तिको अनुशरण न्यायालयले गरेजस्तो देखिन थाल्यो : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले न्यायपालिकाको भरोसा बिगार्ने कार्य कसैले गर्न नहुने बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले न्यायालय सुधारको आवश्यकता रहेको बताइन् । “सरकार र संसद् त जनताले निर्वाचनको माध्यमबाट फेर्न सक्छन् तर अदालत त न्याय र आस्थाको धरोहर हो । यसको विकल्प छैन तर बृहत्तर सुधारबिना न्यायालयबाट जनता दुखी छन्,” उनले भनिन् । 

संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न पनि जन्मिएको उनको भनाइ छ । “पछिल्लोसमय अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिन थालेको छ । अदालतले प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेसी तोक्ने र सुनुवाइ सुरु गर्ने कार्य भइरहेको गुनासो सुनिन्छ । सुनुवाइ सुरु गरेको मुद्दा हेर्दाहेर्दैमा छ, अनि बल्ल पेसीको जानकारी प्रतिवादीलाई देऊ भन्ने आदेश हुनु अचम्मै हो,” उनले भनिन् । 

उनले यस्ता क्रियाकलापले कार्यपालिका प्रेरित प्रवृत्तिको अनुशरण न्यायालयले गरेजस्तो देखिन थालेको आरोप समेत लगाइन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्