
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ प्रिमियम बाथवेयर ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ गरेको छ । कैलालीको धनगढीमा एक कार्यक्रम आयोजना गरी उक्त उत्पादन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले ब्रान्डको दीर्घकालीन रणनीति, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धता प्रस्तुत गरे । सेल्स हेड वसन्त रिजालले उत्पादनका विशेषता, सेवा प्रत्याभूति तथा कम्पनीको आगामी योजनासम्बन्धी विस्तृत जानकारी दिए ।
त्यस अवसरमा उद्योग, शिक्षा, होटेल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी व्यक्ति उपस्थित थिए ।
पञ्चकन्या ग्रुपले नेपालमा निर्माण र विकास क्षेत्रका निम्ति सामान उत्पादन गर्दै अएको छ । नयाँ ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ कम्पनीको नवप्रवर्तन यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि भएको समूहले जनाएको छ ।