राजनीति

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सदन अवरोधबाट पछि हटेसँगै नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो ।
सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोज्दा जनमत र नाउपाका सांसदले सदनमा उभिएर अवरोध गरेका थिए । उनीहरूले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटनाबारे जवाफ माग गरेका थिए ।
सभामुखले आगामी वैशाख २५ गतेको संसद् बैठकमा गृहमन्त्रीले जवाफ दिने मौखिक खबर आएको जानकारी दिएपछि दुई दलका सांसद बसेका थिए । लगत्तै नीति कार्यक्रममाथि छलफल सुरु भएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १२:२६
प्रतिक्रिया दिनुहोस्