site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको टिप्पणी : पार्टीभित्रको समस्या राष्ट्रिय राजनीतिमा पोख्न थाले राम्रो हुँदैन

काठमाडौं । नेकपा (एमाले)ले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ ।

आइतबार च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए । “दलहरूभित्र कतिपय आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन हुँदैन भन्ने लाग्छ,” उनले भने, “दलभित्रका समस्या आफ्ना ठाउँमा होलान् । हाम्रो पार्टीभित्र केही समस्या छ भने समाधान गर्ने दायित्व हाम्रो हो । अरु पार्टीसँग समस्या छ भने उहाँहरूले समाधान गर्ने हो ।”

सरकारबारे सत्तारूढ नेपाली कांग्रेसका नेताहरूको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले थपे, “पार्टीभित्रका समस्याहरू राष्ट्रिय राजनीतिमा जोड्न थाले । त्यहाँ गएर समाधान खोज्न थालियो । यहाँभित्रका समस्या त्यहाँ लगेर पोख्न थालियो भने त्यसले राम्रो गर्दैन ।” नेपाली कांग्रेसका नेताहरूले सरकारप्रति विभिन्न टीकाटिप्पणी गर्दै आएका छन् ।

एमालेले राजनीतिक स्थायित्व खल्बल्याउन खोज्ने पक्ष कमजोर भएको निष्कर्ष पनि निकालेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro