खेल

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत अमित बछारको निर्णायक गोलमा वीरगन्ज युनाइटेडले मध्यपुर युथ एसोसिएसनलाई पराजित गरेको छ । आइतबार (वैशाख २१) सोतदोबाटोस्थि एन्फा मुख्यालयमा भएको पहिलो खेलमा वीरगन्जले मध्यपुरलाई १–० ले हराएको हो ।
अमितले खेलको ४२औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको तीन मिनेट बाँकी रहँदा लिएको अग्रतालाई खेलको अन्तिमसम्म जोगाउँदै वीरगन्जले जित निकालेको हो ।
जितसँगै वीरगन्जको १५ अंक भएको छ । वीरगन्जले कुल नौ खेलमा चार जित, तीन बराबरी र दुई हारसहित १५ अंक बनाएको हो । पराजित मध्यपुर भने समान खेलमा दुई जित, दुई बराबरी र पाँच हारबाट आठ अंकमा सीमित छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ १५:२६
प्रतिक्रिया दिनुहोस्