site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूलाई पोपको पोसाकमा देखाइएको एआई तस्बिर सञ्जालमा पोस्ट गरेपछि ट्रम्पको तीव्र आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको सहायताले आफूलाई  पोपको पोसाकमा देखाइएको एक तस्बिर पोस्ट गरेपछि विभिन्न क्याथोलिकबाट आलोचना गरिएको छ । उक्त तस्बिर ट्रम्पको कार्यालय ह्वाइट हाउसले उसको आधिकारिक सामाजिक सञ्जाल खाताबाट पोस्ट गरिएको थियो ।

उक्त पोस्ट क्याथोलिकले अप्रिल २१ मा निधन भएका पोप फ्रान्सिसको शोक मनाउँदै अर्को पोप छनोट गर्न तयारीमा रहेका बेला आएको बीबीसीले जनाएको छ ।

अमेरिकाको न्युयोर्क राज्यको क्याथोलिक सम्मेलनले ट्रम्पलाई आफ्नो धर्मको मजाक उडाएको आरोप लगाएको छ । यो पोस्टभन्दा केही दिनअघि पनि उनले पत्रकारसामु ‘म पोप बन्न चाहन्छु’ भन्दै ठट्टा गरेका थिए ।

भ्याटिकनका प्रवक्ता माटेओ ब्रुनिले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दा ट्रम्पको उक्त पोस्टका बारेमा सोधिएका प्रश्नको जवाफ दिन अस्वीकार गरे । भ्याटिकनले बुधबारदेखि पोप फ्रान्सिसको उत्तराधिकारी छनोट गर्न कन्क्लेव (विशेष सभा) आयोजना गर्ने तयारी गरिरहेको छ ।

ट्रम्पले शुक्रबार राति पोस्ट गरेको तस्बिरमा उनी पादरीको लामो ज्याकेट र परम्परागत टोपी लगाएका देखिन्छन् । उनको घाँटीमा ठूलो क्रस झुन्डिएको छ र गम्भीर अनुहार बनाएर औँला उठाएका छन् ।

इटालियन पूर्वप्रधानमन्त्री माटेओ रेन्जीले पनि ट्रम्पको पोस्टलाई कडा शब्दमा आलोचना गरेका छन् । “यो तस्बिरले क्याथोलिक अनुयायीलाई ठेस पुर्‍याउनुका साथै संस्थालाई अपमान गर्छ । यसबाट दक्षिणपन्थी विश्वका नेताहरू मूर्खतापूर्ण कुरा गर्न मन पराउँछन् भन्ने देखाउँछ,” रेन्जीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

ह्वाइट हाउसले भने रिपब्लिकन राष्ट्रपतिले पोपको पदलाई मजाक बनाएको भन्ने आरोपलाई अस्वीकार गरेको छ । “राष्ट्रपति ट्रम्प पोप फ्रान्सिसलाई श्रद्धाञ्जली दिन र उनको अन्त्येष्टिमा भाग लिन इटाली उडेका थिए र उनी क्याथोलिकहरू र धार्मिक स्वतन्त्रताका दृढ समर्थक हुन्,” प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro