site stats
बाह्रखरी :: Baahrakhari
देश
रुखले च्यापिएर मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका–३, देउजोरमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति (वैशाख १५) च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

शव परीक्षणका निम्ति हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे उनले बताए । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्