site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षकसँग सार्थक वार्ता गरी आन्दोलन तत्काल टुंग्याउन पाण्डेको माग 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपनेता राजेन्द्रप्रसाद पाण्डेले शिक्षकसँग सार्थक वार्ता गरी आन्दोलन टुंग्याउन सरकारसँग माग गरेका छन् । आइतबार (वैशाख १४) प्रतिनिधिसभा बैठकमा उनले सार्थक संवाद गर्ने विषयमा सरकारको ध्यान नपुगेको बताए ।

“वार्ताको नाटक होइन, सार्थक वार्ता गरोस् । समस्या समाधान गरोस् । शिक्षकलाई मर्यादित बनाएर विद्यालय कर्मचारीको समस्या समाधान गर्दै सडक आन्दोलनलाई तत्काल टुंग्याउनेमा ध्यान देओस्,” पाण्डेले भने ।

उनले विगतमा जस्तो उधारो सहमति र कार्यान्वय नगर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । ०७५ सालमा केपी शर्मा ओली, ०७८ मा शेरबहादुर देउवा र ०८० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा शिक्षकसँग सहमति गरिएको थियो ।

पाण्डले आफू पनि शिक्षक हुँदा स्थायी, सञ्चयकोष, पेन्सनलगायत सुविधा आन्दोलनमार्फत नै निश्चित गरिएको उल्लेख गरे । “त्यति बेला निर्दलीय, पञ्चायती सरकार पनि घुँडा टेकेर सहमति गर्न बाध्य भएको थियो,” उनले भने ।

गणतान्त्रिक सरकारले शिक्षकका माग सुनुवाइ गर्नुपर्नेमा उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro