site stats
बाह्रखरी :: Baahrakhari
कला
सुरक्षा पन्तलाई ऋचा शर्माको ढाडस : साँचो बोल्नु तिम्रो कमजोरी होइन

काठमाडौं । एक टेलिभिजन अन्तवार्तामा अभिनेत्री सुरक्षा पन्तले पूर्वराजपरिवारको विषयमा दिएको अभिव्यक्तिका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । राजावादीहरूले उनको चर्को आलोचना गरेका छन् भने उनका समर्थकले सुरक्षाको तारिफ गरिरहेका छन् । 

यसै सन्दर्भमा अर्की अभिनेत्री ऋचा शर्माले साँचो बोल्दा कोहीसँग डराउनुनपर्ने भन्दै सुरक्षालाई ढाडस दिएकी छिन् । सामाजिक सञ्जालमार्फत ऋचाले सुरक्षाको अभिव्यक्तिमा ऐक्यबद्धता जनाएकी हुन् । 

Argakhachi Cement Island Ad

उनले लेखेकी छिन्, “आजभोलि केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौ, त्यो सधैँ उनीहरूको पक्षमा हुनुपर्छ। तर म तिमीलाई सम्झाउन चाहन्छु तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठीक कुरा हो । तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ ।”

कसैलाई मन नपर्ने कुरा भन्नु गलत कुरा नहुने भन्दै ऋचाले थपेकी छिन्, “जो तिमीलाई सधैँ आफूअनुकूल बोलोस् भन्ने सोच्छन, उनीहरूलाई बुझ्न जरुरी छ, विचार राख्नु अभिमान होइन, चेतनाको संकेत हो ।”
 
साँचो बोलीले ढोंगलाई नंग्याउने र आडम्बरलाई तोड्ने उल्लेख गर्दै ऋचाले साँचो बोल्न गाह्रो हुने बताएकी छिन् । उनले अन्त्यमा भनेकी छिन्, “तिमीले त्यसरी साँचो बोल्दा कतिलाई रिस उठ्छ, कतिलाई अप्ठ्यारो लाग्छ । तर त्यो रिस र त्यो अप्ठ्यारो उनीहरूको कमजोरी हो, तिम्रो हैन । तिम्रो शुभचिन्तक !”

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्