site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूचना चुहाउने मन्त्रीलाई कारबाही गर्न सरकारका प्रवक्ताको माग 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठक सकिनुअघि नै सूचना चुहाउने मन्त्रीलाई कारबाहीको माग गरेका छन् । 

राष्ट्रिय सूचना आयोगद्वारा शुक्रबार काठमाडौंमा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सञ्चारमाध्यममा सूचना पुर्‍याउने मन्त्रीलाई आफूले चिनेको समेत दाबी गरे । 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अगाडि नै अनलाइनमा आएको उनले बताए । सोही कारण मन्त्रिपरिषद्को बैठकमा मोबाइल बाहिर राखेर आउन मन्त्रीहरूलाई आग्रह गरेको समेत उनले बताए । 

“अनलाइनको समाचारदाता मन्त्री हो ? प्रवक्ताले नभन्दै कसले भन्यो ?” उसलाई कारबाहीको विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको उनले जिकिर गरे । 

मन्त्री गुरुङले सरकारले गरेको निर्णय कुनै बेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्रै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पारे । उनले आफू निजी विचार राख्न प्रवक्ता नबनेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro