site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादीलाई कांग्रेसको चेतावनी– पूर्वराजालाई नारायणहिटी पुर्‍याउने नसोच्नू, चिना नहेर्नू 

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले दैनिक सरकार परिवर्तनको हल्ला चलाएर देशमा अस्थिरता सिर्जना गर्ने प्रयत्न भइरहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले धमिलो पानीमा माछा मार्ने प्रयत्न भएको बताए । 

“दैनिक सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदै छ । विभिन्न वादका नाममा अशान्ति मच्चाएर धमिलो पानीमा माछा मार्ने प्रयत्न विभिन्न कोणबाट भइरहेको देखिन्छ,” उनले भने, “त्यसलाई परिवर्तनका पक्षधर सबै शक्तिले निस्तेज पार्न आवश्यक छ ।” 

उनले नेपालको राजतन्त्रमा संवैधानिक भएर बस्ने स्वभाव नभएको बताए । “नेपालको राजतन्त्रमा संवैधानिक भएर बस्ने स्वभाव नै छैन । राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकांक्षाले मुलुकलाई गणतन्त्रमा पुर्‍याएको हो,” उनले भने, “नेपाली कांग्रेसलाई दिशा बदल्न बाध्य पारिएको हो । यसका लागि राजतन्त्र आफैँ दोषी छ ।” 

घिमिरेले राजावादीलाई आन्दोलन गरेर पूर्वराजालाई नारायणहिटीमा पुर्‍याउने नसोच्न चेतावनी दिए । चिना, टिपन हेर्न आवश्यक नभएको उनको भनाइ छ ।

“कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्‍याएर यो देशको कल्याण हुन्छ भन्ने नसोचे हुन्छ, चिना टिपन नहेरे हुन्छ । त्यसका लागि गरिएको सम्पूर्ण प्रयत्न व्यर्थ हुनेछन्,” उनले भने । 

घिमिरेले राजनीतिक आन्दोलन केटाकेटीको खेल नभएको टिप्पणी गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro