site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको कर नीतिको प्रतिकारमा अमेरिकी कम्पनी बोइङका विमान फिर्ता गर्दै चीन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको आयात करको प्रतिकारस्वरूप चीनले अमेरिकी कम्पनी बोइङका विमानहरू धमाधम अमेरिका फिर्ता पठाइरहेको छ ।

अहिलेसम्म दुइवटा विमान फिर्ता पठाइसकेको र अर्को एउटा विमान अमेरिका फिर्ता जाने क्रममा रहेको बीबीसीले जनाएको छ ।

चीनले अमेरिकाबाट अर्डर गरेका विमानहरू फिर्ता पठाएको बोइङ विमान निर्माता कम्पनीका प्रमुख केली ओर्टबर्गले स्वीकारिन् । ओर्टबर्गले भनिन्, “दुइवटा विमान पहिले नै फिर्ता गरिसकेको छ । अब अर्को एउटा पनि आउँदै छ ।” 

आयात कर कारण दुई देशबीच व्यापारिक तनाव बढ्दै गएपछि चीनले यो कदम चालेको हो । 

बोइङका मुख्य कार्यकारी अधिकृतले यो वर्ष ५० वटा थप विमान चीन पठाउन लागिएको बताएका छन् । तर, चीनका ग्राहकहरूले ती विमानको डेलिभरी नलिने संकेत दिएको सीएनबीसी न्युजलाई उनले बाताएका छन् । 

अमेरिकाले चीनबाट आउने वस्तुहरूमा १४५ प्रतिशत आयात कर लगाएको छ । त्यसको प्रतिकारमा चीनले पनि अमेरिकी उत्पादनमा १२५ प्रतिशत आयात कर लगाएको छ । जसले गर्दा अमेरिकी विमान चीनमा निकै महँगो पर्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro