
काठमाडौं । सप्तकोसी नदीमा बेपत्ता भएका दुईजनाको खोजीका निम्ति गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१, बराहक्षेत्र मन्दिरस्थित सप्तकोसीमा सोमबार (वैशाख ८) बिहान नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता छन् । खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र सुनसरीकै इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिश आचार्य नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।
उनीहरूको खोजीका निम्ति इन्स्पेक्टरको कमान्डमा पाँच गोताखोरसहितको सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजीकार्य थालिसकेको छ ।