site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा उच्च सुरक्षा सतर्कता, निषेधित क्षेत्रमा बढाइयो प्रहरीको संख्या 
फाइल तस्बिर ।

काठमाडौं । प्रशासनले तोकेको काठमाडौंका निषेधित क्षेत्रमा प्रहरीको संख्या बढाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले आज (वैशाख ७) गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै संख्या बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार, राप्रपा नेताले निषेधित क्षेत्र तोड्ने चेतावनीसहित प्रदर्शन गर्न लागेपछि उच्च सतर्कताका साथ प्रहरी परिचालन गरिएको छ । अरू बेला उपत्यकामा खटिएको संख्याभन्दा दोब्बर प्रहरी परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयसहित विभिन्न गणमा कार्यरतलाई समेत आन्दोलनमा सुरक्षाका निम्ति खटाइएको छ । माइतीघर, नयाँ बानेश्यर, राष्ट्रपति भवन र सिंहदरबारलगायत क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

माइतीघर–तीनकुने सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ । राप्रपाले भने केही नेता मात्र प्रदर्शनमा सहभागी हुने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro