site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चीनमाथि लगाए रुसलाई हतियार दिएको आरोप 

काठमाडौं । चीनले रुसलाई हतियार दिइरहेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको गुप्तचर तथा सुरक्षा सेवाबाट प्राप्त सूचनाको आदारमा उक्त कुरा बताएको छ ।

जेलेन्स्कीले बताएअनुसार चीनले बारुद र तोपखाना आपूर्ति गराइरहेको छ ।  जेलेन्स्कीले चिनियाँ कम्पनीहरू रुसमै बसेर काम गरिरहेको आरोप पनि लगाएका छन् ।
 
युक्रेनको राजधनी कीभमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले यो जानकारी दिएको पोलिटोको अनलाइनमा उल्लेख छ । युक्रेनी सरकारले अर्को हप्ता यस सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्ने उनले पत्रकार सम्मेलनमा बताए ।

चीनले औपचारिक रूपमा रुस–युक्रेन युद्धप्रति आफू तटस्थ रहेको दाबी गर्दै आएको छ । चीनले युद्धको शान्तिपूर्ण तथा कूटनीतिक समाधानको पक्षमा रहेको बताउँदै आएको छ । 

तर, सन् २०२२ फेब्रुअरमा रुसले आक्रमण सुरु गर्नुभन्दा केहीअघि मस्को र बेइजिङले सीमाविहीन साझेदारी सम्झौता घोषणा गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro