site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहाकी आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
फाइल तस्बिर ।

सिरहा । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्युबारे सत्यतथ्य छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन् । 

गृहमन्त्री लेखकले घटनाबारे चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोनमार्फत छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ । 

मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका–१ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनका अनुसार, उनीहरूमाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भएको छ । तर, उनीहरू पक्राउ पर्न सकेका छैनन् । 

प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए ।

“गत फागुन २५ गते निजहरूविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनालगत्तै पीडक फरार छन् । उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ,” उनले भने, “पीडितमाथि यौन दुर्व्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ ।” 

प्रहरी उपरीक्षक शर्माले आजमात्र घटनास्थल पुगेर पीडितपरिवालाई भेटेको जानकारी दिए । “मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन् । आनन्दीदेवी एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन्,” उनले भने ।

मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro