site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपराह्नपछि काठमाडौंमा मेघगर्जनसहित वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । काठमाडौंसहित केही क्षेत्रमा वर्षा हुनेछ । 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ । 

कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । 

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपाह्नपछि काठमाडौंमा वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए ।

“काठमाडौंको अपहराह्नपछि हल्का वर्षाको सम्भावना छ,” मौसमविद् झाले बाह्रखरीसँग भने, “ठूलो वर्षाको सम्भावना छैन । र, केही ठाउँमा मात्रै वर्षा हुन्छ । काठमाडौंका सबै ठाउँमा वर्षा हुने छैन ।” 

राति कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी प्रदेशलगायत वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro