site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अध्ययनले भन्छ– दुईवटा सस्ता औषधिको संयोजनले हृदयघातबाट बच्न सकिन्छ

काठमाडौं । विश्वव्यापी रूपमा हेर्दा मानिसहरूको मृत्युको प्रमुख कारण हृदय र रक्तनलीको रोग हो । जसमा हृदयघात सबैभन्दा प्रचलित  घटना हो । हृदयघातबाट बाँचेका व्यक्तिहरूमा पहिलो वर्षभित्र अर्को हृदयघातको जोखिम सबैभन्दा बढी हुन्छ किनभने यो अवधिमा रक्तनलीहरू अझै संवेदनशील अवस्थामा हुन्छन् र सजिलै रगत क्लटिंग हुन सक्छ ।

हालसालै गरिएको एक अध्ययनले कम मूल्यका दुईवटा औषधिको संयोजनले हजारौँ हृदयघात वा स्ट्रोक रोक्न सकिन्छ र ज्यान बचाउन सकिन्छ भन्ने देखाएको छ ।

इम्पेरियल कलेज लन्डन र स्वीडेनको लुन्ड विश्वविद्यालयका शोधकर्ताहरूले हृदयघातका रोगीहरूलाई कोलेस्ट्ररोल घटाउने औषधि स्टेटिन र एजेटिमाइब सँगै दिँदा अर्को हृदयघात, स्ट्रोक वा मृत्युको जोखिम कम गराउन सकिन्छ भन्ने पत्ता लगाएका छन् ।

“यो अध्ययनले के देखाउँछ भने सस्तो दुई औषधिको संयोजनले हजारौँ ज्यान बचाउन र हृदयघात घटाउन सकिन्छ,” इम्पेरियल कलेजको सार्वजनिक स्वास्थ्य विद्यालयका प्रोफेसर कौसिक रेले भने ।

तर, हाल विश्वभरका मुटु र हृदयघात रोगीहरूले यी औषधिहरू सँगै पाउँदैनन् । किनभने यसले अनावश्यक हृदयघात र मृत्यु बढाउँछ र स्वास्थ्य सेवा प्रणालीहरूमा अनावश्यक खर्च थप्छ । “हाम्रो अध्ययनले भोलिको लागि मार्गदर्शन गर्दछ । यो पछि हामीले यस्तो हृदयघातपछिको उपचार प्रक्रिया परिवर्तन गर्नुपर्नेछ ।”

शोधकर्ताहरूले औषधिहरूको संयुक्त असर मापन गर्न रोगीहरूको तथ्यांक विश्लेषण गरेका थिए ।  उनीहरूले अध्ययनमा हृदयघातपछि १२ हप्ताभित्र स्टेटिन र एजेटिमाइब पाउने रोगी तथा १३ हप्तादेखि १६ महिना सम्म यी दुई औषधि संयोजन पाउने र केवल स्टेटिन मात्र पाउने तर एजेटिमाइब नपाउने रोगीहरूको तुलना गरे ।

अध्ययनमा सन् २०१५ देखि २०२२ सम्म हृदयघात भएका ३६ हजार स्वीडिस रोगीहरूको डाटा विश्लेषण गरिएको थियो र क्लिनिकल परीक्षणमा जस्तो नतिजा प्राप्त गर्न उन्नत स्टाटिस्टिक मोडेल प्रयोग गरिएको थियो ।

अध्ययनका अनुसार, हृदयघात भएका बिरामीहरूले यदि हृदयघातपछिको १२ हप्ताभित्रै कोलेस्ट्रोल घटाउने औषधिहरू जस्तैः स्टाटिन र इजेटिमाइब लिन सुरु गरे र चाँडै नै कोलेस्ट्रोल स्वस्थस्तरमा पुगेको थियो भने उनीहरूको दीर्घकालीन स्वास्थ्य पनि राम्रो देखिएको थियो । ती बिरामीहरूको फेरि अर्को मुटुको समस्या आउन वा मृत्यु हुने सम्भावना ती औषधिहरू लिन ढिला गर्ने वा नलिने बिरामीहरूभन्दा कम देखिएको थियो ।

“हाम्रो अध्ययनले उपचार गाइडलाइनमा गरिने साधारण परिवर्तनले रोगीहरूमा ठूलो प्रभाव पार्न सक्छ भन्ने संकेत गर्छ,” रेले भने, “एजेटिमाइब पहिल्यै धेरै ठाउँमा सजिलो र सस्तोमा उपलब्ध छ । यो थप उपचार एक रोगीमा वार्षिक लगभग ३५० पाउन्डमा खर्च गर्न सकिन्छ । हृदयघातको दीर्घकालीन उपचार र रोगीहरूको जीवनमा पर्ने प्रभावको तुलनामा यो ठूलो खर्चको बचत हो ।”

“यसबाट विश्वव्यापी गाइडलाइन परिवर्तन गरेर रोगीको अनावश्यक पीडा रोक्न र ज्यान बचाउन सहयोग गर्ने आश गर्न सकिन्छ,” स्वीडेनको माल्मोस्थित स्काने विश्वविद्यालय अस्पतालका वरिष्ठ हृदयरोग विशेषज्ञ र लुन्ड विश्वविद्यालयकी सहायक प्राध्यापक माग्र्रेट लेओस्डोटिरले भनिन् ।

लेओस्डोटिरका अनुसार साइड इफेक्ट र अत्यधिक औषधि प्रयोगबाट बच्न सावधानी अपनाउने नीतिअनुसार हालसम्म हृदयघातका रोगीहरूलाई दुई औषधि संयोजन गरेर उपचार सामान्यतः दिइँदैन ।

“तर, हृदयघातपछि तुरुन्तै यी दुवै औषधि दिँदा बिरमीलाई धेरै फाइदा सम्भव छ । यसो नगर्दा रोगको जोखिम बढ्छ । साथै, अध्ययनमा के देखियो भने यो औषधिको साइड इफेक्ट न्यून देखियो र धेरै देशहरूमा सजिलै र सुलभ रुपमा यो औषधी पाइन्छ ।” द गार्जियन

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro