site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षकका माग सम्बोधन गर्न कांग्रेस उपसभापति खड्काको सुझाव 

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सहमतिअनुसार शिक्षकका माग सम्बोधन गरी सडकबाट शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत खड्काले सरकार प्रमुखलाई सुझाव दिएका हुन् । आफ्नो विगतको अनुभवका आधारमा सरकार प्रमुखलाई अनुरोधसहित सुझाव दिएको उनले बताए । 

यसका लागि प्रधानमन्त्रीले नै तत्काल अग्रसरता लिनुपर्ने उनको भनाइ छ । कानुनी रूपमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन गर्न मिल्ने विषयलाई तत्काल निर्णय गरेर टुंगो लगाउन उनले सुझाएका छन् । 

विद्यालय शिक्षा ऐन संसदमा छलफलमा रहेकाले बाँकी कुरा सहमतिका आधारमा चाँडै बस्ने संघीय संसदको बजेट अधिवेशनबाट टुंगो लगाउने गरी सहमति गर्न उनले सुझाव दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro