site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयमा सर्वोच्चको ‘ब्रेक’

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा उमेरहद नलाग्ने गरी सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले तत्कालका लागि रोकिदिएको छ ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, अधिवक्ता विकास थापा समेतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको यो निर्णयसँगै सरकारको ६५ वर्ष उमेरहद नाघेका व्यक्तिलाई पनि गभर्नर नियुक्ति गर्न मिल्नेगरी गरेको निर्णय कार्यान्वयन गर्न रोक लागेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा यसअघि गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद हटाएर मापदण्ड संशोधन भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro