site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हरिवंशलाई ब्रुसले भने– तिम्रो आँखाको एक्सप्रेसन मलाई एकदम मन पर्‍यो

काठमाडौं । हलिउडका कलाकारलाई नेपालीको अभिनय कस्तो लाग्ला ? एउटै सेटमा एकै चलचित्रका निम्ति स्क्रिन सेयर गरे हलिउडका कलाकारले नेपालीलाई कस्तो प्रतिक्रिया दिन्छन् होला ? 

नेपालीले हम्मेसी हलिउडका कलाकारसँग स्क्रिन सेयर गर्ने अवसर नै पाउँदैनन् । तर, नेपाली कलाकार हरिवंश आचार्यले हलिउडका उम्दा अभिनेता ब्रुस डर्नसँग स्क्रिन सेयर गरेका छन् ।

अमेरिकाको ओहायो राज्यमा गरिएको चलचित्र ‘भूठान’को छायांकनमा हरिवंश र ब्रुसले स्क्रिन सेयर गरेका हुन् । यो चलचित्रमा यी दुवै कलाकारको अभिनय छ । 

१२/१३ सिनमा ब्रुसले काम गर्दा तीन दिन लाग्यो । हरिवंश र ब्रुसको एउटा सिन सँगै थियो । जब हरिवंशले स्क्रिन सेयर गरे, ब्रुसले भने– तिम्रो आँखाको एक्सप्रेसन मलाई एकदम मन पर्‍यो ।

हरिवंश भन्छन्, “हाम्रो जम्मा एउटा सिनमा भेट हुन्छ । सिन सकिएपछि उहाँले मलाई बोलाएर तिम्रो आँखाको एक्सप्रेसन मलाई एकदम मन पर्‍यो भन्नुभयो ।”

त्यसपछि हरिवंशले ‘तपाईंको ‘नेब्रास्का’ मुभी हेरेको र यसबारे धेरै कुरा सुनेको थिएँ, तपाईंजस्तो कलाकारसँग काम गर्न पाएँ, मेरा लागि लक रहेछ’ भने । 

“त्यसपिछ उहाँ (ब्रुस डर्न)ले आफूलाई सानो बनाएर म पनि अहिलेसम्म सिक्दै छु, म पनि विद्यार्थी हो, तिमी पनि विद्यार्थी हो भन्नुभयो,” हरिवंश ब्रुससँगको संवाद सुनाउँछन्, “हामी दुईजना सँगै मिलेर काम गर्‍यौँ ।”

८८ वर्षीय ब्रुस काम सकिएपछि भ्यानिटी भ्यानमा गएर बस्थे । त्यसैले धेरै गफ हुन नपाएको हरिवंशले बताए । ब्रुस ह्वीलचियरमा बस्ने र नर्स सँगै हुने भएकाले चाहेर पनि धेरै कुरा हुन नसकेको उनले सुनाए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro