site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पठाओबाट अब माइक्रो, मिनीबसदेखि ठूला बससम्म बुक गर्न सकिने

काठमाडौं । पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरु गरेको छ । ‘मुभिङ नेपाल’को आफ्नो संकल्पलाई अघि बढाउँदै कम्पनीले उक्त सेवा सुरु गरेको जनाएको छ ।

कम्पनीका अनुसार अब प्रयोगकर्ताले मोबाइल एपमार्फत कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म सहजै बुक गर्न सक्नेछन् । पठाओ रेन्टल सेवामा कम्तीमा एक घण्टा वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सकिने कम्पनीको भनाइ छ । 

विवाह, पिकनिक, पर्यटन तथा कार्यालय प्रयोजनका निम्ति पनि आवश्यकताअनुसार गाडी बुक गर्न सकिनेछ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सवारी बुक गर्दा प्रयोगकर्ताले आफैँले भाडा प्रस्ताव समेत गर्न सक्नेछन् भने दुवै पक्षबीच सहमतिपछि यात्रा सुनिश्चित हुनेछ । निर्धारित भाडामा सडक दस्तुर, पार्किङ, इन्धन र रातको बसाइलगायत सबै खर्च समेटिनेछ । 

“पठाओ रेन्टल सेवा यात्रुहरूको सहजता र पठाओका चालकका लागि अतिरिक्त आम्दानीको अवसरका लागि ल्याइएको हो” बस्न्यातले भने, “यस सेवामार्फत यात्रालाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छौँ ।”

कम्पनीका अनुसार अन्य सेवामा जस्तै यस सेवामा पनि बिमाको सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले २४सै घण्टा गाडी बुक गर्न सक्नेछन् भने यात्रा अवधिमा कुनै गुनासो सम्बोधनका लागि २४सै घण्टा ग्राहक सहायता सेवा सञ्चालनमा ल्याइएको छ । 

ग्राहकले पठाओ एपमा दिइएको फोन नम्बरमा सम्पर्क गरेर पनि गाडी बुक गर्न सक्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro