site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । अंग्रेजी क्यालेन्डरअनुसार २०१७ बिदा हुँदै नयाँ वर्ष २०१८ को सुरुवात भएको छ ।

सन् २०१७ मा पनि विगतका अन्य वर्षजस्तै मुलुककै ध्यान केन्द्रित गर्ने केही घटना भए । मुलुकमा करिब २ दशकपछि स्थानीय तहको निर्वाचन भएको छ भने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पनि सम्पन्न भएको छ ।

त्योसँगै निर्वाचनको क्रममा विभिन्न आपराधिक घटना पनि भए । गोली प्रहारका घटना र बम विष्फोटका घटना त्यसबेला सामान्यजस्तै भए भने काठमाडौंमै गोली प्रहारका घटना भए । यी र यस्तै कारणले सन् २०१७ पनि चर्चाकै वर्षका रुपमा रह्यो ।

१. प्रहरीमा नेतृत्व विवाद 
सन् १०१७ को शुरुवातदेखि नै नेपाल प्रहरी संगठनमा प्रहरी प्रमुखको कुर्सीमा को बस्ने भन्ने विषयमा निकै चर्चा भयो । प्रहरी नेतृत्वकै कारण न्यायालयदेखि कार्यपालिकासम्म विवाद देखियो । २०१७ विदा भइसक्दा पनि यो विवाद भने अझै सेलाएको छैन । 

२. निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या
वर्षको अन्त्यतिर काठमाडौंको नयाँ बानेश्वरमा दिनदहाडै निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या भयो । कमिसन नपाएको झोँकमा गुण्डा नाइके समिरमान बस्यातले उनको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याका योजनाकार बस्यातलाई प्रहरीले भारतबाटै पक्राउ गर्यो ।

बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडोमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि कार्यालय जाँदै गर्दा गोली प्रहार भएको थियो । 

३. ८८ केजी सुन प्रकरण
रसुवा–केरुङ नाका हुँदै  काठमाडौं भित्र्याउँदै गरेको ८८ किलो सुन बरामद भयो ।  बा १७ च ६४२७ नम्बरको टाटा कम्पनीको गाडीमा सुन ल्याइएको थियो । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक २४ वर्षीय मनोज अधिकारीसहित ८८ किलो सुन समातेको थियो । तस्करीका मुख्य नाइके चिनियाँ नागरिक भए पनि मुख्य नाइके भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

४. प्रविण खत्रीमाथि गोली प्रहार 
ललितपुर कुसुन्तीमा लागूऔषध कारोबारी तथा प्रयोगकर्ता प्रविण खत्रीमाथि प्रहरीले चलाएको गोली लागी मृत्यु भयो । प्रविणलाई पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको थियो तर उनी माथिबाट भाग्दै आफैंले कन्चटमा गोली हानेर मृत्यु भएको प्रहरी भनाइ छ, तर उनका परिवारले भने प्रहरीले नै गोली हानी हत्या गरेको बताएका छन् । खत्रीले केही वर्षदेखि ब्राउन सुगर लिँदै आएको प्रहरीको दाबी छ ।

५. दावा लामामाथि गोली प्रहार  
गौरीघाटमा डन दावा लामामाथि गोली प्रहार भयो । गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनी घाइते भएका थिए । लामालाई कोखमा गोली लागेको थियो । गोली हानेको केही समयपछि हङकङबाट लोप्साङ लामाले दावालाई आफूले गोली हान्न लगाएको भन्दै जिम्मेवारी लिएका थिए । 

६. धर्मगुरुको यौनधन्दा
धर्मगुरुले गुम्बा नै सञ्चालन गरेर यौन कृयाकलाप गर्ने गरेको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिन्धुलीका ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्जनलाई दक्षिणकालीस्थित गुम्बाबाट पक्राउ गरेको छ । उनले महिलालाई विभिन्न लोभ त्रास र धार्मिक आस्था देखाई शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । आफू अवतारी लामा भएको र जस्तोसुकै रोग पनि निको पार्ने भन्दै महिलालाई एकान्त कोठामा लगेर जबरजस्ती गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

७. काठमाडौंमै भारतीयको गोली प्रहार
काठमाडौंको कमलादीमा भएको गोलीकाण्ड पनि सन् २०१७ को गम्भीर घटनाको रुपमा लिइएको छ । कमलादीको हेरिटेज प्लाजामा रहेको होटलमा युवतिको विषयमा विवाद हुँदा भारतीय नागरिकले गोली चलाएका थिए । प्रहरीले गोली चलाउने जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंहलाई पक्राउ गरेको थियो ।

८. युवतीका कारण गोली 
काठमाडौंको म्हेपीमा युवतीको विवादमा भएको गोली काण्ड पनि निकै चर्चामा रह्यो । रानीबारी बस्ने गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली प्रहार भएको थियो । गोली काण्डमा नागार्जुन नगरपालिका–५ स्वयम्भू का ३६ वर्षीय असुन गुरुङ, चितवन सौराहाका २३ वर्षीया सविना क्षेत्री, नुवाकोटका ३५ वर्षीय नवराज लामिछाने र काठमाडौँका ३१ वर्षीय सुरेन्द्र शाही पक्राउ परे ।  

९. व्यापारीको हत्या
दाङ तुलसीपुरका कपडा व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको अपहरण अनि हत्या प्रकरण पनि यो वर्षको गम्भीर घटना हो । घटनाका मुख्य योजनाकार मानबहादुर भण्डारी, टीकाराम घर्ती र उनकी १७ वर्षीया छोरी पूजा घर्तीलगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ २६ गते राति अपहरित श्रेष्ठको शव कुहिएको अवस्थामा असार १६ गते  सल्यानको छत्रेश्वरी गाउँपालिका लेक भञ्ज्याङमा रहेको जंगलमा प्रहरीले फेला पारेको थियो । 

१०.कांग्रेस युवा नेताको हत्या
जाजरकोटमा नेपाली कांग्रेसका युवा नेता रवीन्द्र शाहको हत्या भयो । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले हत्यामा संलग्न ‘शिव’ भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई सार्वजनिक गरेको थियो । पक्राउ परेका दुवै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोट जिल्ला कार्यसमितिका सदस्य छन् ।

११. क्लब डेजाभू प्रकरण
सन् २०१७ को अन्त्यतिर भएको क्लब डेजाभू प्रकरण पनि निकै चर्चामा रह्यो । काठमाडौंको दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक क्रिकेटर पृथु वाँस्कोटासहित ८ जना अहिले पनि प्रहरी हिरासतमा छन् । विश्व चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गरेको र मार्समेलो नआएको भन्दै क्लब तोडफोड गरेका थिए । महँगो मूल्यमा टिकट विक्री गरेको भन्दै सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, राजीव महर्जन, आकाश न्यौपाने र रितेश मारवाडीलाई प्रहरीले पक्राउ गरि ठगी अभियोगमा अनुसन्धान गरिरहेको छ ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १७, २०७४  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro