site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार विनोदी सम्मानित 
Argakhachi Cement Island Ad

काठमाडौं । साहित्यकार लीलाध्वज थापाको स्मृतिमा स्थापित ‘लीलाध्वज थापा साहित्य प्रतिष्ठान’ले साहित्यकार गोविन्दराज विनोदीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ । ‘लीलाध्वज स्रष्टा सम्मान’द्वारा उनलाई सम्मान गरिएको हो । साहित्यकार विनोदी अस्वस्थ भएकाले सम्मान उनकी छोरी शोभा गिरीलाई प्रदान गरियो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले साहित्यकार विनोदीका धेरै कृति प्रकाशनमा आइसकेको बताए । विनोदी नेपाली साहित्यमा लामो समयदेखि साधनारत रहेको चर्चा गर्दै उनले उनको योगदान स्तुत्य रहेको बताए ।

कार्यक्रममा कविहरू उत्तम विचार, कुमार नेपाल, विजयध्वज थापा, सुशीला रिजाल, सुन्दर खड्का, राजेन्द्र खनाल, बलराम बिष्ट, अच्युतदत्त पाण्डे, श्रीरामसिंह बस्नेत, जित कार्की, ज्ञाननिष्ठ ज्ञवाली, दिलीप श्रेष्ठ, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, वासुदेव ठकुरी, माधव घिमिरे, अरुण खड्का, केशव ज्ञवाली आगत, पवनकुमार बुढाथोकी, जेके एन खडेरीले आफ्नो रचनावाचन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्