site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विस्थापित जून

एन.बी. जनकपुरी


रातको कालिमालाई मेटेर
झलमल्ल उज्यालो बाँडेको आरोपमा 
भूतप्रेत र पिचासहरूको जमातले
बलात् लखेटी छाडे सगरबाट
एक्लो जूनलाई घेराबन्दी गरेर
जतिसुकै बल लगाऊ
जतिसुकै घोट, दल ढुंगामा चकमक
सल्किँदैन विद्रोहको आगो अब
आफ्नै आँसुले भिजेर ओसिएका झुराहरूमा 
भनिदेऊ जुलुसमा हिँडेका जुनकिरीलाई 
बल्दैनन् चिसा चुल्हाहरू ।

(नेपालटार)
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्