site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जीवन
Argakhachi Cement Island Ad

दीपकराज सापकोटा


ए मन 
ए बुद्धि
ए भावना 
ए चेतना 
ए शरीर 
ए आत्मा 
को हुँ म ? 
के हुँ म ?
किन छु म यहाँ ?
जरुरी छ अर्थ खोज्न ?
जे छ त्यसैमा बाँच्ने 
त्यही भोग्ने
जन्मसाथ आउने सत्य बोक्ने
जो सधैँ साथमा हुन्छ
त्यसकै वरिपरि जिउने 
चल्ने लयमा गतिमान् भएर 
खोजमा उसको
साथ भएर पनि 
आफैँमा सन्निहित भए’नि
अदृश्य 
अपरिचित 
अभेद्य
जो निश्चित छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०५:४८
प्रतिक्रिया दिनुहोस्