site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपालीभन्दा विदेशी चलचित्र धेरै रिलिज, कमाइ नेपालीको बढी  

काठमाडौं । नेपालमा विसं. २०८१ मा ५९ वटा नेपाली चलचित्र रिलिज भएका छन् । सोही अवधीमा ८३ वटा विदेशी भाषाका चलचित्र रिलिज भएका छन् । 

नेपालका सिनेमा हलमा नेपालीभन्दा २४ वटा बढी विदेशी चलचित्र रिलिज भएका छन् । तर, बक्सअफिस कलेक्सनमा भने नेपाली चलचित्र हिन्दीभन्दा निकै अगाडि देखिएका छन् । 

५९ वटा नेपाली चलचित्र रिलिज हुँदा एक अर्ब ६२ करोड ६३ लाख ९३ हजार ६०२ रुपैयाँ ग्रसकलेक्सन भएको छ । 

८३ हिन्दी र अंग्रेजी भाषाका चलचित्र रिलिज हुँदा ८९ करोड ५८ लाख ७१ हजार ७१४ रुपैयाँ ग्रसकलेक्सन भएको छ । 

नेपाली र विदेशी भाषाका गरी १४२ वटा सिनेमा रिलिज हुँदा दुई अर्ब ५२ करोडभन्दा माथि ग्रसकलेक्सन भएको बक्सअफिस तथ्यांक छ । 

नेपालमा सबैभन्दा धेरै कमाउने दश चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘छक्का पञ्जा–५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘पुजार सार्की’, ‘घर ज्वाइँ’, ‘फर्की फर्की’, ‘मनसरा’ र ‘लाजशरणम्’ छन् । यी चलचित्रले एक अर्ब २५ करोड, ९२ लाख २५ हजार ४५८ कलेक्सन गरेका छन् । 

सबैभन्दा धेरै कलेक्सन गर्ने विदेशी चलचित्रमा ‘पुस्पा : द रुल’, ‘कल्की २८९८ एडी’, ‘स्त्री–२’, ‘सिंघम अगेन’, ‘भुल भुलैया–३’, ‘सिकन्दर’, ‘डेडपुल’, ‘छाभा’, ‘द ग्रेटेस्ट अफ अल टाइम (जी.ओ.ए.टी), ‘देभरा पार्ट वान’ रहेका छन् । यी चलचित्रले ९८ करोड ६५ लाख १७ हजार ८८७ रुपैयाँ कलेक्सन गरेका छन् । 

विदेशी भाषाका सिनेमालेभन्दा नेपाली चलचित्रले ७३ करोड पाँच लाख २१ हजार ८८७ रुपैयाँ बढी कलेक्सन गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro