देश

काठमाडौं । नेपाल बार एसोसिएसनको मतगणना सकिएको छ । यद्यपि, ललितपुरको ‘ट्याली’ गर्ने क्रम जारी छ ।
अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै बार एसोसिएसनमा अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रको प्यानलबाट २५ मा २५ निर्वाचित भएका छन् ।
कांग्रेसनिकट डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्षसहित १२, नेकपा एमालेनिकट प्रगतिशील व्यवसायिक लयर्स एसोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपानिकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन् ।
केही समयमा अन्तिम मतपरिणाम औपचारिक रूपमा सार्वजनिक हुने निर्वाचन अधिकृत तेजनाथ धमलाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १२:०६
प्रतिक्रिया दिनुहोस्