देश
-1718627880.jpg)
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ । मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो ।
“काठमाडौंका धेरै स्थानमा वर्षा भइरहेको छ । यो क्रम अझै केही समय रहनेछ,” मौसमविद् डेबिड ढकालले बाह्रखरीसँग भने, “केही समयपछि रहने र मध्याह्नपछि काठमाडौंमा पुनः वर्षा हुने सम्भावना छ ।”
मौसमविद् ढकालका अनुसार आज काठमाडौंमा मध्यम वर्षा हुनेछ ।
“काठमाडौं भोलि पनि वर्षा हुनेछ । भोलि भने केही कम वर्षा हुनेछ,” उनले भने, “शनिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ, तर आजजस्तो ठूलो वर्षा हुनेछैन ।”
न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षा भएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ ०५:३२
प्रतिक्रिया दिनुहोस्