site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदूषित सहरको तेस्रो नम्बरमा काठमाडौं, देशका सात सहर अस्वस्थकर

काठमाडौं । काठमाडौं विश्वका प्रदूषित सरहको तेस्रो नम्बरमा परेका छ । पछिल्लो एक साता लगातार सर्वाधिक प्रदूषित रहेको काठमाडौं मंगलबार दोस्रो नम्बरमा सूचीकृत भएको थियो । बुधबार तेस्रो नम्बरमा छ । 

वायुको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार, बुधबार बिहान ११ : ३० बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको तेस्रो स्थानमा छ । उक्त समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७४ छ ।

यो सूचीको पहिलो स्थानमा रहेको भारतको दिल्लीको एक्यूआई १७९ र दोस्रोमा रहेको पाकिस्तानको लाहोरको १७६ छ । यी बाहेक अन्य सहरको एक्यूआई १७० भन्दा कम छ ।

वातावरण विभागका अनुसार सो समयमा देशका सात स्थान अस्वस्थकर छन् । उपत्यकाका शंखपार्क, रत्नपार्क, भैँसेपाटी र खुमटार तथा उपत्यका बाहिर इलाम, भरतपुर र रारा अस्वस्थकर छन् ।  
ती स्थानको एक्यूआई १५२ देखि १८९ सम्म मापन भएको विभागको तथ्यांक छ ।
  
एक्यूआई १०१ देखि १५०को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । 

२०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro