site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
फोल्ड गर्न मिल्ने आइफोन ल्याउँदै एप्पल
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । एप्पलले आइफोनको २०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर यसको डिजाइनमा ठूलो परिवर्तन गर्ने तयारी गरिरहेको ब्लुमबर्गलाई उद्धृत गर्दै पीसीमयाग अनलाइनले जनाएको छ ।

परिवर्तनअन्तर्गत फोल्ड गर्न मिल्ने आइफोन तयार गर्ने अपेक्षा गरिएको छ । यस्तो आइफोन तयार गर्ने परियोजना वर्षौंदेखि सञ्चालनमा रहेको बताइएको छ ।

यसबाहेक काँचको व्यापक प्रयोगमार्फत एउटा नयाँ प्रो मोडेल पनि तयार हुन सक्ने बताइएको छ । उपभोक्ताले भने आइफोनमा ठूलो परिवर्तन रुचाउने सम्भावना कम रहेको बताइएको छ ।

अपेक्षाअनुसार नै एप्पलको आइफोन प्रो १७ मोडल प्रो १६ जस्तो देखिनेछ । साथै, आइफोन १७ को अगाडिको भाग प्रो १६ मोडेलजस्तै देखिनेछ । तर, पछाडिको क्यामेरा फोनको चौडाइसम्म फैलिएको नयाँ प्यानलमा राखिनेछ ।

यसबाहेक आइफोन १७ प्रोको पछाडि दुई रङको डिजाइन हुने छैन । क्यामेरा क्षेत्र बाँकी भागजस्तै एउटै रङको हुनेछ । आइफोन १७ प्रो हालका मोडेलभन्दा धेरै फरक छैन ।

एप्पलले विगतमा झैँ आइफोन १७ (आइफोन १७ एयरसहित) आउँदो सेप्टेम्बरमा ल्याउने अपेक्षा छ । आइफोन १७ आइफोन १६ जस्तै देखिने भए पनि यसभित्र धेरै परिवर्तन हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro