site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
माइतीघरबाट प्रदर्शनकारीको प्रश्न– कुलमानले के अपराध गरे ? (तस्बिरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । विभिन्न संघसंस्थाले कुलमान घिसिङ पुनर्बहाली संघर्ष आन्दोलन समिति बनाएर उनको पक्षमा आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले 'उज्यालो नेपालका नायक' घिसिङलाई बिचौलियाको सेटिङमार्फत हटाएको आरोप लगाएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री र ऊर्जामन्त्रीको राजीनामा पनि माग गरेका छन् ।

सांस्कृतिक भेषभूषा तथा बाजागाजासहित प्रदर्शनकारीले घिसिङको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनकारीले 'देशको सान, कुलमान घिसिङ' लेखिएको प्लेकार्ड बोकेका थिए ।

उनीहरूले 'घाटामा गएको संस्थालाई फाइदामा पुर्‍याएर कुलमानले के अपराध गरे ?' भन्दै सरकारलाई प्रश्न गरेका थिए । सिंहदरबार र बालुवाटारमा बसेर 'भ्रष्ट बिचौलियालाई सुनेर कुलमानलाई हटाइएको' उनीहरूको आरोप छ ।

हेर्नुहोस् तस्बिरहरू

Kulman-Ghising-pro-(8)-1743933011.jpg

Kulman-Ghising-pro-(1)-1743933012.jpg

Kulman-Ghising-pro-(1)-1743933012.jpg

Kulman-Ghising-pro-(9)-1743933012.jpg

Kulman-Ghising-pro-(6)-1743933011.jpg

Kulman-Ghising-pro-(3)-1743933009.jpg

Kulman-Ghising-pro-(5)-1743933010.jpg

Kulman-Ghising-pro-(2)-1743933009.jpg

Kulman-Ghising-pro-(4)-1743933010.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro