site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीलाई सांसदको प्रश्न– प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई किन छोडियो ?

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले राजावादीको प्रदर्शनमा प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई छोडेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार (चैत २२) प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्री रमेश लेखकसमक्ष आपत्ति जनाएका हुन् ।

“प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई किन छोडियो ? यो संयमताको हद हो ? यस्तो संयमता अपनाउनुपर्ने थियो ?,” अधिकारीले प्रश्न गरे ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । राजावादी प्रदर्शनको ‘कमान्डर’ तोकिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर गाडी अघि बढाउन खोजेका थिए । त्यस दिनको घटनाबारे जवाफ दिन गृहमन्त्री उक्त बैठकमा उपस्थित भएका हुन् ।

राजावादीको हिंसात्मक प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । “सर्वसाधारणमाथि कसरी गोली लाग्यो ? केही दलको कार्यालयमा सुरक्षा दिइयो । नजिकै रहेका राजनीतिक दलको कार्यालयमा किन सुरक्षा दिइएन ?,” उनले नेकपा (एकीकृत समाजवादी)को कार्यालयलक्षित गर्दै भने ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro