site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वायु प्रदूषणमा अझै एक साता सुधार नहुने, कार्यालयका काम घरबाटै गर्न प्रोत्साहन
तस्बिर : रासस ।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही दिनयता काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तहनजिक पुगेको जनाएको छ ।

प्राधिकरणले बिहीबार (चैत २१) एक विज्ञप्ति जारी गर्दै वायु प्रदूषणलाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न सबैलाई आग्रह गरेको छ । “वायु प्रदूषणको गाम्भीर्यतालाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरू घरबाटै व्यवस्थापन गर्न सकिने अवस्था भए घरबाटै गर्न प्रोत्साहन गर्न, सवारीसाधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिन, अत्यधिक धुलो र धुवाँ उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न, फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन, वनडढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न, बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरचाह गर्न र प्रदूषण बढेको बेला घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

गर्मीसँगै बढेको डढेलो र आगलागीका घटना, सडक निर्माणलगायत निर्माण कार्यबाट निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहरमैला र फोहरमैला जलाउने कार्यले देशभर प्रदूषण बढेको प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यकाको भौगोलिक स्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुआत नभइसकेका कारण देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तहनजिक पुगेको प्राधिकरणले जनाएको छ ।

“वायु गुणस्तर सूचकांक (एक्यूआई) निकै अस्वस्थ्यकर विन्दुमा पुगेको हुँदा मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको संक्रमणको जोखिम, सुक्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुक्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुनेलगायतका स्वास्थ्यसम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको देखिन्छ,” प्राधिकरणले भनेको छ ।

वायु प्रदूषण विज्ञका अनुसार अझै एक साता यसमा सुधार नहुने देखिएको प्राधिकरणले जनाएको छ । 

सम्बन्धित जिम्मेवार निकायले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन एवं संवेदनशील समूहलाई सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्न पनि प्राधिकरणले अपिल गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro