site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजा शाहले विगतको सम्झौता उल्लंघन गरेको ओलीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । 

“प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ,” सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने ।

तत्कालीन अवस्थामा पूर्वराजा शाहसँग नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरेर व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने सम्झौता भएको उनको भनाइ छ । उनलाई नागार्जुन दरबार प्रयोग गर्न र उनको मातालाई नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको प्रधानमन्त्री ओलीले बताए ।

ओलीले अहिलेका राष्ट्रियसभा सदस्य एवम् तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद/व्यवस्थापन गरेको स्मरण उनले गरे ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro