
काठमाडौं । राजावादी आन्दोलनको संयोजक जगमान गुरुङ बनेका छन् । गत शुक्रबार तीनकुने हिंसासँगै राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी घरमै ‘नजरबन्द’ भएपछि उनले गुरुङलाई जिम्मेवारी सुम्पिएका हुन् ।
पूर्वपञ्च र राजावादीहरूले ‘राजतन्त्र पुनस्र्थानाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाएका छन् । समितिका संयोजक सुवेदीले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई सरकारले नजरबन्दमा राखेको हुँदा आफ्नो अनुपस्थितिमा आन्दोलनको नेतृत्व गुरुङले गर्ने जनाएका हुन् ।
८६ वर्षीय सुवेदी निरंकुश पञ्चायती व्यवस्था हुँदा निरन्तर राष्ट्रिय पञ्चायत सदस्य, मन्त्री र त्यो व्यवस्थाका अन्तिम राष्ट्रिय पञ्चायत अध्यक्ष हुन् । गुरुङ संस्कृतविद् हुन् । गुरुङले यसअघि जनआन्दोलन तुइयो भने आफैँ सम्हाल्ने घोषणा गरेका थिए ।