site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको तापक्रम ३२ डिग्री पुग्यो
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंसहित देशभरको तापक्रम विस्तारै बढ्दै छ । कतिपय स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ । तापक्रम अझै बढ्ने विगतको तथ्यांक छ ।

शनिबार (चैत १६) काठमाडौंको अधिकतम तापक्रम ३२.० डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ३६.९ डिग्री छ ।

शनिबार अघिल्ला दिनको तुलनामा केही स्थानमा तापक्रम थोरै घटेको पनि छ । यस दिन दिपायलको अधिकतम तापक्रम ३६.३, वीरेन्द्रनगरको ३५.५, घोराहीको ३५.०, नेपालगन्जको ३४.८ डिग्री सेल्सियस मापन गरिउको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ मा न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

तापक्रमको विवरण हेर्नोस्–

m29-1743266282.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro