site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीलाई माधव नेपालको प्रश्न– प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेको हो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ?’ भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् । शनिबार (चैत १६) आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् ।

शुक्रबार (चैत १५) राजावादीले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्‍याएका थिए । सोहीक्रममा एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए ।

पार्टी कार्यालयमा प्रदर्शनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि हेलचेक्र्याइँ गरिएको नेताहरूको आरोप छ ।

गृहमन्त्री लेखक अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भने, “आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरू आएको भए केही रहँदैन थियो । तपाईंको आदेश नमानेको हो कि हामीलाई शंका त त्यो लागिरहेको छ ।”

शुक्रबार तीनकुनेमा निजी सम्पत्तिमा आगजनी गरिएको थियो । साथै, बाटोमा गुडिरहेका सवारीसाधन, भाटभटेनी सुपरस्टोर, पार्टी कार्यालय, जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रलगायत सम्पत्तिमा आगजनी गरिएको थियो । न्युज एजेन्सी नेपाल
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro