देश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका र नियुक्त गरिएका दुवै कार्यकारी निर्देशकको रिटमा थप छलफलपछि मात्र अन्तरिम आदेशबारे निर्णय गर्ने भएको छ ।
बिहीबार दर्ता भएका दुवै रिट शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेका थिए ।
शुक्रबार इजलासले दुवै पक्षलाई बोलाएर अन्तरिम आदेशबारे निर्णय गर्नुपर्ने निष्कर्ष निकालेर पेसीको मिति तोकिदिएको हो । सर्वोच्चले दुवै रिटमा आइतबार (चैत १७) गतेको पेसी तोकिदिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १४:५९
प्रतिक्रिया दिनुहोस्