site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अञ्जिला’को प्रचारका लागि ग्रिसबाट काठमाडौं आइपुगिन् एन्जिला

काठमाडौं । चलचित्र ‘अञ्जिला’को प्रचारका लागि एन्जिला तुम्बाप्पो सुब्बा काठमाडौं आइपुगेकी छन् । आज बिहान साढे १० बजे उनी ग्रिसबाट नेपाल आइपुगेकी हुन् । 

अब उनी ‘अञ्जिला’को प्रचारमा आफैँ हिँड्ने भएकी छन् । एन्जिला काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेलगायत मोफसलका हलमा दर्शक भेट्न जानेछिन् । 

आज काठमाडौं आइपुगेकी एन्जिला मंगलबार पुनः ग्रिस फर्किनेछिन् । उनी ग्रिसको फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् । उनी पहिलो रोजाइकी गोलरक्षक हुन् ।

“एन्जिला आएपछि हलमा दर्शकको थप चाप बढ्छ भन्ने हाम्रो अपेक्षा थियो,” निर्देशक मिलन चाम्स भन्छन्, “आजसम्म हामी प्रमुख कलाकारबिना नै चलचित्रको प्रचार गरिरहेका थियौँ ।” आज काठमाडौंमा समाजवादी मोर्चा र राजावादीको प्रदर्शन रहेकाले प्रचारमा केही अवरोध हुने देखिएको छ । 

‘अञ्जिला’ राष्ट्रिय महिला फुटबल क्लबकी कप्तान तथा गोलरक्षक एन्जिला सुब्बाको बायोपिक हो । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ ।

१३ दिनमा आठ करोड ७ लाख रुपैयाँ यो चलचित्रले ग्रसकलेक्सन गरिसकेको छ । चैत २९ गते रिलिज भएको चलचित्र ‘अञ्जिला’ उच्च अकुपेन्सीसहित चलिरहेको छ ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro