site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बी डिभिजन लिग : प्लानिङ ब्वाइज युनाइटेडको जित, वीरगन्ज र भगवतीले अंक बाँडे

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले मध्यपर युथ एसोसिएसनलाई २–० ले पराजित गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा प्लानिङ ब्वाइजले मध्यपुरलाई २–० ले पराजित गरेको हो ।

प्लानिङ ब्वाइजको जितमा फागुराम थारु र विशाल दर्जीले गोल गरे । ३०औँ मिनेटमा विशालले हेडर गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए । उनले प्रतापसिंह राईको कर्नर क्रसमा उत्कृष्ट हेडर गोल गरे ।

७७औँ मिनेटमा फागुरामले एकल गोल गर्दै टिमको अग्रता दोबर बनाए । उनले पेनाल्टी बक्सभित्र एक डिफेन्डरलाई बिट गर्दै सुन्दर गोल गरे ।

दोस्रो हाफमा दोब्बर भएको यो अग्रता मध्यपुरले इन्जुरी टाइमसम्म पनि फर्काउन सकेन र खेलमा पराजित भयो ।

खेलमा प्लानिङ ब्वाइजका प्रतापसिंह राई म्यान अफ दि म्याच भए । उनले ट्रफी र सात हजार ५०० रुपैयाँ प्राप्त गरे ।

जितबाट प्लानिङ ब्वाइजले तेस्रो जित हात पारेको छ । तेस्रो जितबाट तीन अंक बटुल्दै प्लानिङले कुल नौ अंक बनाएको छ । पराजित मध्यपुर चार अंकमा सीमित भएका छन् ।

त्यसअघि एन्फा मुख्यालयमा नै सम्पन्नप हिलो खेलमा श्री भगवती क्लब टोखा र वीरगन्ज युनाइटेडले अंक बाँडेका छन् । लिगअन्तर्गत दिउँसो सम्पन्न खेलमा श्री भगवती र वीरगन्ज युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पहिलो हाफमा श्री भगवतीका विक्रान्तनसिंह राणाले गोल गरेका थिए ।

३१औँ मिनेटमा उनले दिलाएको यो अग्रतालाई भने भगवतीले जोगाउन सकेन ।

इन्जुरी समयमा वीरगन्जका कृपकान्त थारुले टिमका लागि बराबरी गोल फर्काए । उनले पेनाल्टी बक्सभित्र पाएको सुनौलो अवसरलाई गोलमा परणित गरे ।

खेलमा बराबरी गरेसँग दुवै टोलीले समान एक अंक हासिल गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro