site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुँदै

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ १६ वटा देशमा एकसाथ रिलिज हुने भएको छ । 

‘अञ्जिला’ अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङमा रिलिज भएको छ । दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा एकसाथ रिलिज हुने भएको निर्माता प्रेमकुमार श्रेष्ठले बताए । 

बेलायतका विभिन्न सहरमा चलचित्र रिलिज हुने उनले जानकारी दिए । ‘अञ्जिला’ मार्च २९ बाट प्रदर्शन हुनेछ ।

फागुन २९ गते नेपालमा प्रदर्शन भएको चलचित्र अन्य देशमा पनि रिलिज हुन लागेको हो । 

समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको ‘अञ्जिला’ले नेपालमा उल्लेखनीय व्यापार गरिसकेको निर्माणपक्षले जनाएको छ । 

‘अञ्जिला’ मिलन चाम्सले निर्देशन गरेका हुन् । शीर्ष भूमिकामा एन्जिला आफैँले अभिनय गरेकी छन् । चलचित्रमा माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनील थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro