site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१०० रुपैयाँको विवादमा साथीले ओमप्रकाशको हत्या गरेको खुलासा

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, बोडे नीलबाराहीस्थित पिकनिकस्थलनजिक पार्किङ क्षेत्रमा मृत फेला परेका ओमप्रकाश राईको हत्या गरिएको खुलासा भएको छ । १०० रुपैयाँमा विवाद हुँदा ढुंगाले हानेर उनको हत्या गरिएको प्रहरी अनुसन्धानका क्रममा पत्ता लागेको हो ।

हत्या आरोपित ५७ वर्षीय हिमाल बुढामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं प्रवक्ता ढुण्डीराज न्यौपानेले जानकारी दिए । आरोपित बुढामगर रोल्पाको परिवर्तन गाउँपालिका–६ का बासिन्दा हुन् ।

डीएसपी न्यौपानेका अनुसार, १०० रुपैयाँको विवादमा राईको हत्या गरेको बुढामगरले बयान दिएका छन् । बुढामगरले प्रहरीसमक्ष बयानका क्रममा आफैँले हत्या गरेको स्वीकारेका छन् । हत्या गरिएका राई खोटाङको केपिलासगढी गाउँपालिका–२ का बासिन्दा हुन् ।

बुढामगरले प्रहरीसमक्ष आइतबार (चैत १०) साँझ आफूहरू (राई र बुढामगर) दुवैजना मिलेर ५/६ गिलास रक्सी सेवन गरेको बताएका डीएसपी न्यौपानेले जानकारी दिए ।

त्यसपछि उनीहरू भेटी टिप्न भन्दै नीलबाराही पिकनिकस्थल पुगे । भेटी टिपेर सुत्न जाने क्रममा १०० रुपैयाँमा विवाद हुँदा हत्या गरेको बुढामगरको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीसमक्ष बयानका क्रममा बुढामगरले भनेका छन्, “दुवैजना सुत्न जाने बेला १० गते राति १२ः०५ बजे ओमप्रकाशले मेरो १०० रुपैयाँ खोसेर लिएपछि मैले फिर्ता माग्दा दिएन । त्यसपछि ओमप्रकाशको हात बेस्सरी च्यापेँ । त्यसपछि पैसा नदिएपछि भुइँमा लडाई लडाई सोही ठाउँमा भएको ढुंगा उठाएर पटक–पटक प्रहार गरेर मारेको हुँ ।”

हत्या आरोपित बुढामगरलाई सार्वजनिक गर्ने प्रहरी तयारी छ । “हत्या आरोपीलाई आजै (चैत १२) सार्वजनिक गर्ने तयारी छ,” डीएसपी न्यौपानेले बाह्रखरीसित भने, “दुवैजना कवाडीका सामान संकलन गर्ने काम गर्ने रहेछन् । सँगै हिँड्ने साथी रहेछन् । दुवैजना मन्दिरको भेटी संकलन गर्ने क्रममा नीलबाराही पुगेको पाइयो ।”

गएको आइतबार (चैत १०) बिहान करिब ५ः५५ नीलबाराहीस्थित पिकनिकस्थलनजिक पार्किङ क्षेत्रमा राई मृत फेला परेका थिए । प्रहरीले घटनास्थलबाट रगत लत्पतिएको ढुंगा बरामद गरेको थियो । राईको दाहिने कानको लोती चुँडिएको, टाउकोमा गहिरो चोेट देखिएको थियो ।

राईको चारजनाको परिवार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनका तीन छोरा छन् । राईका छोरा सम्पर्कमा आएर शव सनाखत पनि भइसकेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro