
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमण स्वीकृत भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरिएको हो । प्रधानमन्त्री ओलीले चैत्र १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
उनका अनुसार बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा लगायतका मन्त्रीहरू सहभागी हुनेछन् ।
उनले भने, "२०८१ चैत्र १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बिमस्टेक छैटौँ सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गर्ने । सो भ्रमणमा परराष्ट्रमन्त्री लगायत सहभागी हुने ।"
बैठकले बिमस्टेक छैटौँ सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गरेको हो ।