देश

काठमाडौं । पाँचथरमा बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–४ का २६ वर्षीय दोर्ण रसाइली छन् ।
१६ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (चैत ९) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
फिदिम नगरपालिका–२, रमितेडाँडास्थित रमिते होटेलको कोठामा बिहीबार (चैत ७) बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ १२:४६
प्रतिक्रिया दिनुहोस्