site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
९ दिनमा २११ अंक बढेको बजार १४ दिनमा २७५ अंकले घट्यो

काठमाडौं । लगातार ९ दिनसम्म बढेर २८९० विन्दुमा पुगेको सेयर बजार मापक नेप्से परिसूचक घटेर २६१४ विन्दुमा झरेको छ । पछिल्ला १४ कारोबार दिनमा बजार एक दिन १७ अंकले बढेर अरू १३ दिन घटेको छ । १४ दिनको कारोबारमा नेप्से परिसूचक २७५.५५ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । बजार बढ्दै जाँदा १४ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो । गत फागुन १८ गते बजार ७५.२४ अंकले बढेर २८९० विन्दुमा पुग्दा १४ अर्ब २८ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

तर, पछिल्ला दिनहरूमा बजार घट्दै जाँदा दैनिक कारोबार रकम पनि घट्दै गएको छ । गत बिहीबार त साढे चार अर्बको मात्र सेयर खरिद–बिक्री भयो । गत साताको पाँच कारोबार दिन नै कारोबार रकम सात अर्बभन्दा कम देखियो । सो साताको मंगलबारको कारोबार दिन चार अर्ब ३४ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । बिहीबारको तुलनामा आइतबार (आज) सेयर कारोबार रकम वृद्धि भएको छ । आइतबार ६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

गत साताका पाँच कारोबार दिन नै बजार घट्यो । गत साताको पाँच कारोबार दिनमा बजार ६७.१५ अंकले घटेको थियो । तर, यो साताको पहिलो दिन आइतबार नै बजार ५४.६२ अंकले घट्यो ।

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro