site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यमनी विमानस्थलमा अमेरिकी आक्रमण : हुथी
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

साना । संयुक्त राज्य अमेरिकाले शनिबार होडेइडाको विमानस्थलमा आक्रमण गरेको यमनी सञ्चारमाध्यमले हुथी स्रोतलाई उद्धृत गरी जनाएका छन् ।

हुथीनिकट अल–मसिराह टीभीले ‘अमेरिकी आक्रामकता’लाई दोष दिँदै रेड सीको तटमा रहेको होडेइडास्थित विमानस्थललक्षित तीन आक्रमण गरिएको जनाएको छ ।

बुधबार अमेरिकाको सेन्ट्रल कमान्डले विद्रोहीविरुद्ध ‘निरन्तर कारबाही’ भइरहेको पुष्टि गरेको थियो । त्यसपछि इरान समर्थित विद्रोहीको टेलिभिजन च्यानलले बुधबार र शुक्रबार यस्तै आरोप लगाएको थियो ।

मार्च १५ मा अमेरिकाले हवाई आक्रमणको एक शृंखलाको घोषणा गरेको थियो, जसमा वरिष्ठ हुथी नेताहरूसहित ५३ जनाको मृत्यु भएको विद्रोहीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विद्रोहीले इजरायली पानीजहाजमा पुनः आक्रमण गर्ने धम्की दिएपश्चात् र राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि पहिलोपटक अमेरिकाबाट यो आक्रमण भएको हो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro