site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता मारिए

काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसमा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल बर्दावील मारिएका छन् । हमासका एक अधिकारीले आइतबार बीबीसीलाई यो जानकारी दिएका हुन् ।

हवाई आक्रमणमा बर्दवील र उनकी श्रीमती दुवैको मृत्यु भएको स्थानीयले बताएका छन् । इजरायली अधिकारीका तर्फबाट भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरिएको छैन ।

गएको मंगलबारदेखि इजरायली सेनाले गाजामा फेरि ठूला आक्रमण थालेको छ । यी आक्रमणका निम्ति इजरायलले हमासलाई जिम्मेवार ठहर्‍याएको छ ।

यी आक्रमणपछि जनवरी १९ मा सुरु युद्धविराम सम्झौता समाप्त भएको छ । उक्त सम्झौतासँगै गाजामा लगभग दुई महिना शान्ति कायम थियो ।

हमासले इजरायलको आरोपको खण्डन गरेको छ । इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको हमासले आरोप पनि लगाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पछिल्लो २४ घण्टामा गाजापट्टीका विभिन्न भागमा ३२ प्यालेस्टाइनीको मृत्यु भएको बताए । बीबीसीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro