site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलमा हमासको जवाफी हमला, तेल अभिभमा तीन मिसाइल प्रहार
गाजाको दृश्य । तस्बिर : ईपीए ।

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको तेल अभिभमा तीन रकेट प्रहार गरिएको जनाएको छ । इजरायलले गाजामा पुनः सैन्य आक्रमण सुरु गरेपछि हमासको यो पहिलो जवाफी हमला हो ।

तर, इजरायलले ती तीनमध्ये एउटा क्षेप्यास्त्रलाई रोकेको थियो । बाँकी क्षेप्यास्त्र कोही नरहने गरेको ठाउँमा खसेको बताएको छ ।

गएको मंगलबार इजरायलले पुनः युद्ध सुरु गरेपछि २०० भन्दा बढी बालबालिकासहित कम्तीमा ५९१ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार इजरायली सेना (आईडीएफ)ले प्यालेस्टाइनी क्षेत्रमा भूमिगत कारबाही सुरु गरिएको जनाएको छ ।

जनवरीमा इजरायल र हमासबीच युद्धविराम सुरु भएपछि ठूलो मात्रामा सैन्य कारबाहीबाट राहत भएको थियो । तर, यी आक्रमणपछि स्थिति पहिलेजस्तै बन्दै गएको देखिन्छ ।

हमासले अझै ५९ जनालाई बन्धक बनाएको र तीमध्ये २४ व्यक्ति जीवितै रहेका इजरायलको भनाइ छ । बीबीसीबाट ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro