site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानेपामा खेलकुदमन्त्रीविरुद्ध नाराबाजी
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस पार्टी कार्यालयमै कालो झन्डासहित विरोध भएको छ । नेपाली कांग्रेसको खेलकुद विभागले राखेको कार्यक्रममा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका चौधरीलाई पार्टीको शुभेच्छुक संस्थाले नै कालो झन्डासहित नाराबाजी गरेर विरोध गरेको हो ।

कार्यालयको मुख्य प्रवेशद्वारभित्रै नाराबाजी सुरु भएपछि पार्टी केन्द्रीय कार्यालय सचिवालयले प्रहरी लगाएर उनीहरूलाई निकालिदिएको थियो ।

“एउटा सानो समूहले नाराबाजी गरेपछि उनीहरूलाई प्रहरी लगाएर बाहिर निकाल्यौँ,” कांग्रेस केन्द्रीय कार्यालयका एक पदाधिकारीले बाह्रखरीसँग भने, “कार्यक्रम अर्कै भएकाले हामीले त्यो समूहको पहिचान र त्यसका मागबारे ध्यान दिएका छैनौँ ।

मन्त्रीको विरोध गर्न नेपाली कांग्रेसको कान्छो भातृसंस्था लोकतान्त्रिक खेलुकद संघले अध्यक्ष देवेन्द्र शेरचनको उपस्थितिमै मन्त्रीलाई कालो झन्डा देखाएर विरोध गरेको हो । अध्यक्ष शेरचनले आफूहरूले पटक–पटक ध्यानाकर्षण र ज्ञापन पत्र बुझाए पनि सुनुवाइ नभएकाले विरोध सुरु गरेको बताए ।

“जेठको धुपमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता राखेको छ । सुर्खेतमा जेठको गर्मीमा उडेको चरा खस्छ,” शेरचनले बाह्रखरीसँग भने, “त्यस्तो बेला प्रतियोगिता राख्नु भनेको खेलाडीलाई सजाय होइन ?”

उनले मन्त्रीले आफ्ना निर्णय नसच्याए देशैभरी विरोध र बहिष्कार हुने चेतावनी दिए ।

“अब हामी देशैभरी यो मन्त्रीलाई बहिष्कार गर्छौँ, दशौँ राष्ट्रिय खेलकुल प्रतियोगिता पनि बहिष्कार गर्छौँ,” शेरचनले भने, “कसरी गर्दो रहेछ हामी हेर्छौँ ।”

व्यक्तिगत तहमै रिसईबी भएको जस्तो शैलीमा प्रस्तुत भएका शेरचनले मन्त्रीले हालसम्म गरेका नियुक्तिमा खेलकुद क्षेत्रको अनुहार नपरेको दाबी गरे । उनले खेलकुद परिषद्मा भएको नियुक्तिमा पनि विरोध रहेको खुलाए ।

उनले नेपाल ओलम्पिक कमिटीका विषयमा पनि मन्त्रीले अनावश्यक हस्तक्षेप गर्न खोजेको बताए । त्यसमा पनि लोखेसंघको विरोध रहेको उनको भनाइ थियो ।

“अदालतमा मुद्दा पुगेपछि त अदालतले निर्णय गर्छ नि, त्यसमा हस्तक्षेप गर्नु हुन्छ ?,” अदालतले कार्यकारीलाई तत्काल केही नगर्नू भनेर अन्तरिम आदेश त दिएको छैन नि भन्ने प्रश्नमा उनले भने, “अदालतले गर भनेर पनि त भनेको छैन नि !”

स्रोतका अनुसार शेरचन खेलकुद परिषद्मा नियुक्ति लिने आकांक्षीमध्येका हुन् । नियुक्ति नदिएपछि उनी त्यतिबेलादेखि नै मन्त्रीविरुद्ध लागेका थिए ।

तपाईंले नियुक्ति नपाएपछि विरोध सुरु गरेको हो भन्ने प्रश्नमा शेरचनले नियुक्तिका कारण नभएर उनले गरिरहेका नियुक्ति विरोधका लायक भएकाले विरोध गर्नुपरेको बताए ।

“म आफू नियुक्ति नपाएर विरोधमा उत्रिएको होइन । म आकांक्षी थिइन तर, मलाई पार्टी र लोकतान्त्रिक खेलकुद संघले सर्वसम्मत उपाध्यक्षमा सिफारिस चाहिँ गरेको थियो,” शेरचनले भने, “उनले आफ्नै घरको मान्छेलाई नै उपाध्यक्ष नियुक्त गर्न खोजेका थिए । नसकेपछि कांग्रेसको भागको उपाध्यक्ष पद नै एमालेलाई दिएका हुन् ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro